साफ यू-१७ च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
यदि नेपालले यो खेल जितेको अवस्थामा नेपाल सेमिफाइनल प्रवेश गर्नेछ सोहि कारण पनि नेपालको लागि यो खेल महत्वपुर्ण रहेको छ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार ५ : ४५ बजेदेखि हुनेछ । समूह बी मा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।
पहिलो खेलमा पाकिस्तानसँग नेपाल १-० गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकालाई ४-० गोलले पराजित गरेको थियो । भुटान चार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।