नेपाली कांग्रेसले ७७ जिल्ला ७७ केन्द्रीय सदस्य परिचालन

काठमाडौं । नेपाली कांग्रेसले विशेष अभियानका लागि ७७ जिल्लाा ७७ केन्द्रीय सदस्य खटाएको छ । अधिकांश केन्द्रीय सदस्यहरूले पत्र र आफूले जिल्लामा गर्नुपर्ने कामको कार्यादेश (टीओआर) तथा आवश्यक सामग्री बुझेका छन् । उनीहरूले जिल्लामा रहँदा पार्टीभित्रको विवाद मिलाउने, समसामयिक राष्ट्रिय राजनीतिबारे जिल्ला तहका नेता कार्यकर्तालाई प्रशिक्षित गर्ने, भ्रातृ तथा सुभेच्छुक संस्थामा विवाद भए मिलाउने, उनीहरूलाई विश्वासमा लिएर पार्टी हितमा परिचालन गर्ने, जिल्ला, क्षेत्र तथा पालिका तहमा पदाधिकारी रिक्त भए रिक्त भएको पद पहिलेकै प्रक्रियाबाट पूर्तिगर्नेसहितका काम गर्ने छन् । त्यसबाहेक उनीहरूले कांग्रेसबाट निर्वाचित भएका स्थानीय तहहरूलाई उनीहरूको अडिटसहित सुधारका सुझाव दिने, काम गर्ने मुद्दा र स्थानीय मुद्दामा उनीहरूको चासोबारे जानकारी लिने तथा पार्टीका तर्फबाट आवश्यक सुझाव र निर्देशन दिने छन् ।

केन्द्रीय प्रतिनिधिले स्थानीय तहका जनप्रतिनिधि र जिल्ला तथा पालिका तहको पार्टीसँग समन्वयका लागि आवश्यक सहजीकरण पनि गर्ने छन् । त्यसबाहेक स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विधान र केन्द्रीय समितिको निर्णयअनुसार बुझाउनुपर्ने लेबी बुझाउन पनि निर्देशन दिने छन् । नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई हरेक स्थानीय तहको नेतृत्व, त्यहाँ रहेका क्रियाशील सदस्य, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रहेका स्थानीय तह र वडा, त्यहाँ रहेका क्रियाशील सदस्य ती क्षेत्रमा पार्टीले पाएको भोटसहितका विवरण पनि दिएर पठाएको छ । त्यसबाहेक सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीका वर्तमान र पूर्वसभापतिसहितको विवरण पनि केन्द्रीय समितिका सभापतिलाई थमाएको छ । यसअघिको ुसमुदायमा कांग्रेसअभियानुको रिपोर्टसमेत दिएर पठाएको कांग्रेसले पुस १६ मा अभियान सकेर फर्किएपछि पार्टीले दिएको ढाँचामै प्रतिवेदन बुझाउन नमुनासमेत दिएर पठाएको छ ।

यी हुन् कांग्रेसको संगठन सुदृढीकरणमा खटिएका केन्द्रीय प्रतिनिधि

कोसी प्रदेश
जिल्ला केन्द्रिय प्रतिनिधि
१. ताप्लेजुङ महेन्द्रकुमार राय
२. पांचथर सीता गुरुङ
३. इलाम नैनसिंह महर
४. झापा दिपक गिरी
५. संखुवासभा भीम पराजुली
६. तेह्रथुम लक्ष्मी खतिवडा
७. भोजपुर लक्ष्मी परियार
८. धनकुटा डा. डिला संग्रौला
९. मोरब विजयकुमार गच्छदार
१०. सुनसरी डा. नारायण खड्का
११. सोलुखुम्बु अमृतकुमार अर्याल
१२. खोटाब रामहरि खतिवडा
१३. ओखलढुंगा मीनबहादुर विश्वकर्मा
१४. उदयपुर तारामान गुरुङ

मधेस प्रदेश
जिल्ला केन्द्रिय प्रतिनिधि
१५. सप्तरी ज्ञानेन्द्रबहादुर कार्की
१६. सिरहा डा. मिनेन्द्र रिजाल
१७. धनुषा उदयशम्शेर राणा
१८. महोत्तरी राजीव ढुंगाना
१९. सर्लाही एन.पी. साउंद
२०. रौतहट रमेश रिजाल
२१. बारा विमलेन्द्र निधि
२२. पर्सा डा. शशांक कोइराला

बागमती प्रदेश
जिल्ला केन्द्रिय प्रतिनिधि
२३. दोलखा मोहनबहादुर बस्नेत
२४. रामेछाप मदनबहादुर अमात्य
२५. सिन्धुली प्रतिमा गौतम
२६. रसुवा पुष्पा भुसाल
२७. धादिब अर्जुनप्रसाद जोशी
२८. नुवाकोट राजेन्द्रकुमार के.सी.
२७. सिन्धुपाल्चोक हरिशरण नेपाली
२६. काभ्रे जीतजंग बस्नेत
३१. चितवन मधु आचार्य
३२. मकवानपुर ई. मोहन आचार्य
३३. भक्तपुर बलबहादुर के. सी.
३४. ललितपुर अर्जुननरसिंह के.सी.
३५. काठमाडौं कृष्णप्रसाद सिटौला

गण्डकी प्रदेश
जिल्ला केन्द्रिय प्रतिनिधि
३६. गोरखा सीता थपलिया (उर्मिला)
३७. लम्जुब अब्दुल सत्तार
३८. तनहुँ अजयबाबु शिवाकोटी
३९. कास्की गोविन्द भट्टराई
४०. मनाब सीतादेवी देवकोटा
४१. मुस्ताब चम्पादेवी खड्का
४२. पर्वत गोविन्दबहादुर शाह
४३. स्याबजा टेकप्रसाद गुरुङ
४४. म्याग्दी शारदा पौडेल
४५. बाग्लुब उर्मिला नेपाल के. सी.
४६. नवलपुर डा. गोपाल दहित

लुम्बिनी प्रदेश
जिल्ला केन्द्रिय प्रतिनिधि
४७. नवलपरासी चन्द्रबहादुर के.सी.
४८. रुपन्देही डा. जीवन राना
४९. कपिलवस्तु गेहेन्द्र गिरी
५०. पाल्पा भरतकुमार शाह
५१. अर्घाखाची सञ्जयकुमार गौतम
५२. गुल्मी शिवप्रसाद हुमागाँई
५३. रुकुम (पूर्व) सीताकुमारी राना
५४. रोल्पा नारायणी रायमाझी
५५. प्यूठान उमेशजंग रायमाझी
५६. दाङ प्रकाश रसाइली स्नेही
५७. बाँके कृष्णकिशोर घिमिरे
५८. बर्दिया सुशिला मिश्र भट्ट

कर्णाली प्रदेश
जिल्ला केन्द्रिय प्रतिनिधि
५९. रुकुम (पश्चिम) दिनेश कोइराला
६०. सल्यान कान्तिका सेजुवाल
६१. डोल्पा मदनकृष्ण श्रेष्ठ
६२. जुम्ला कर्णबहादुर बुढा
६३. मुगु प्रदीपकुमार सुनुवार
६४. हुम्ला हस्तबहादुर मल्ल,
६५. कालिकोट मानबहादुर नेपाली
६६. जाजरकोट रंगमती शाही
६७. दैलेख जानकी सिंह
६८. सुर्खेत देवेन्द्रराज कँडेल

सुदुरपश्चिम प्रदेश

जिल्ला केन्द्रिय प्रतिनिधि
६९. बाजुरा कविराज पण्डित, पूर्व सभापति,बाजुरा
७०. बझाब गुरु बराल
७१. डोटी दिलेन्द्रप्रसाद बडू
७२. अछाम अन्तराम भट्ट, पूर्व सभापति,कञ्चनपुर
७३. दार्चुला आगेलु शेर्पा
७४. बैतडी डा. रणबहादुर रावल
७५ डडेल्धुरा नृपबहादुर वड
७६. कञ्चनपुर योगेन्द्र चौधरी
७७. कैलाली कविराज पण्डित, पूर्व सभापति,बाजुरा

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *