देशभर बाढी-पहिरो, पहिरोले राजमार्ग अवरुद्ध, महँगिए कालीमाटीमा तरकारी

काठमाडौँ । बाढी-पहिरो र डुबानमा परी हालसम्म १२९ जना जनाको मृत्यु भएको छ भने ६२ जना बेपत्ता भएका छन् ।

नेपाल प्रहरीका अनुसार विपद्मा परी ८६ जना घाइते भएका छन् भने अहिलेसम्म ३ हजार भन्दा बढीको उद्धार गरिएको छ । बाढी पहिरोमा परी सबैभन्दा बढी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु, पाँचथर भक्तपुरमा ५-५ जनाको ज्यान गएको छ । यो सङ्ख्या  अझै थपिने अवस्था छ । नेपाल सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।

त्यसै गरी राजधानी काठमाडौँ भित्रिने र बाहिरिने नाकाका सडकहरू ठप्पै भएका छन् । निरन्तरको वर्षा, बाढी, पहिरो र डुबानका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका अवरुद्ध छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले काठमाडौँबाट लामो दूरीका कुनै पनि बस बाहिर जान सक्ने अवस्था छैन । काठमाडौँबाट गाडीहरू बाहिरिएका छैनन् भने भित्रिने क्रममा रहेका गाडीहरू बीचबाटोमै अलपत्र छन् ।

शुक्रवार देखि लगातार परेको वर्षाले देश भरिनै ठुलो धन जनको क्षति भएको छ । उपत्यकासम्म जोडिने मुख्य सडक खण्डहरू बन्द भएका छन् सडक बन्द हुँदा कालीमाटीमा तरकारी महँगिएको छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा कालीमाटीमा तरकारीको आपूर्ति हुन सकेको छैन । साथै केही भएका तरकारीमा पनि क्षति पुगेपछि कालीमाटीमा आइतबारबाट अधिकांश तरकारी महँगिएको हो

त्यसै गरी बाढी र पहिरोका कारण देशभरि १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार कतिपय आयोजनाको पावर हाउस डुबेको छ भने कतिपयमा उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।

निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको खबर आएको छ । सप्तकोसी नदीमा गरिएको मापनअनुसार कोसी ब्यारेज भएर सप्तकोसीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

निरन्तरको वर्षाले देशमा ठुलो क्षति पुराएको छ । यति बेला देशमा राजनीतिक अवस्था सेलाएको छ भने प्राय सबै राजनीतिक दल बाडी-पहिरो पीडितको उद्धार र राहतमा केन्द्रित छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *