प्रभु महालक्ष्मी लाइफको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको आम्रापाली ब्याङक्वेटमा बुधबार सभा सम्पन्न भएको हो । उक्त सभाबाट आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट चुक्त पुँजीको १० प्रतिशत बोनस सेयर र करवापत ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
यसैगरी, बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीको ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित भएको छ । यसका साथै आर्थिक वर्ष २०७९। ०८० को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू पारित भएको छ ।