कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले १८ महिनापछि बैंक सञ्चालक समितिको असोज ३० गते सबेको बैठकले लालबहादुर थिङलाई सीईओमा नियुक्त गरेको छ । थिङ आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका हुन् ।
यसअघि त्रिलोकध्वज जोशीले विसं २०८० साउन २५ गते राजीनामा दिएपछि कायमुकायम सीईओको जिम्मेवारी बिपिनराज पोख्रेललाई दिइएको थियो । तर, बैंकले करिब १८ महिनापछि सीईओ पाएको हो ।















