रवि पक्राउको विरोधमा रास्वपाको माइतीघरमा प्रदर्शन

काठमाडौं । सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । राजनीतिक पूर्वाग्रहमा सभापति लामिछानेलाई पक्राउ गरिएको निष्कर्ष निकालेको रास्वपाले शनिबार माइतीघरमा नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले वर्तमान सरकार मुर्दावाद, सहकारी पिडितलाई न्याय दे, दोषीलाई च्याप्ने, निर्दोशलाई न्याक्ने, आई एम विथ रवी लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस क्रममा रास्वपा नेता शिशिर खनालले पार्टी सभापतिलाई पक्रेर सरकारले घृणित राजनीतिक क्रियाकलाप गरेको आरोप लगाए ।

राज्यशक्तिको स्रोतको दोहन गर्नेहरूले डराएर रवि लामिछानेलाई गलत आरोप लगाएर जबरजस्ती पक्राउ गरेको उनको भनाइ छ । उनले सहकारी छानबिन समितिले नै लामिछानेलाई निर्दोष किटान गर्दा पनि पक्राउ गर्ने र वास्तविकरूपमा ठगी गर्ने अन्य दलका नेतालाई उन्मुक्ति दिने काम भएकाले सडक आन्दोलन गर्नुपरेको जिकिर गरे । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमति लिएर काठमाडौंबाट पक्राउ गरिएको थियो । त्यसलगत्तै रास्वपा आन्दोलित भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *