रास्वपाका कार्यकर्ताले आज पनि पोखराको सृजनाचोकमा विरोध प्रदर्शन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले आज पनि पोखराको सृजनाचोकमा विरोध प्रदर्शन गर्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेलाई सहकारी गठी प्रकरणमा पक्राउ गरेर ल्याइएसँगै रास्वपाले पोखरामा विरोध प्रदर्शन गरिरहेको छ । रास्वपाले शनिबारदेखि विरोध प्रदर्शन सुरु गरेको थियो । शनिबार चिप्लेढुंगामा शक्ति प्रदर्शन गरेको रास्वपाले आइतबार शहीदचोक, सोमबार पृथ्वीचोकबाट महेन्द्रपुल र मंगलबार जिरोकिमिदेखि अमरसिंहचोकसम्म विरोध प्रदर्शन गरेको थियो ।

रास्वपाको यस प्रदर्शनमा देशभरबाट एक हजार भन्दा बढी नेता कार्यकर्ता पोखरा आएको खबर आएको छ । लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा लगिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *