जनमुखी साकोसद्वारा नवनिर्वाचित सञ्चालकहरुको नेतृत्व रुपान्तरण क्याम्प आयोजना

जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालकहरुको नेतृत्व रुपान्तरण क्याम्प आयोजना गरेको छ । क्यापमा संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समिति र उच्च व्यवस्थापन सहित ३२ जनाको सहभागिता रहेको थियो । क्याम्प ३ दिनसम्म सञ्चालन भएको र सहभागिहरुले धेरै कुरा सिक्ने अवसर मिलेको संस्थाका व्यवस्थापक भेष मिजारले जानकारी दिए। सहकारी संस्थाहरुमा सुशासन प्रवर्दन गर्नको लागि सहकारी विभागले जारी गरेको एकिकृत निर्देशन, २०७९ को बुँदा नं.१६ मा नवनिर्वाचित सञ्चालकहरुले निर्वाचित भएको ३ महिनाभित्र क्षमता विकास सम्बन्धि तालिम लिनुपर्ने व्यवस्था रहेको र संस्थाको आन्तरिक नीति तथा बार्षिक कार्यक्रममा समेत उल्लेख भएकोले समयसीमा भित्रै उक्त कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

संस्थाले २७ औँ बार्षिक साधारण सभाबाट आगामी ४ बर्षको लागि सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचन सम्पन्न भइसकेकाले नयाँँ सञ्चालक समितिको क्षमता अभिवृद्धि गर्नु क्यापको उदेश्य रहेको छ । संस्थाका अध्यक्ष माधवप्रसाद दहालको अध्यक्षतामा भएको क्याम्पमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून ) का महासचिव जिवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शर्मा लगायतको आतिथ्यता रहेको उक्त तालिमको सहजीकरण प्रशिक्षक सञ्जयराज तिमिल्सीनाले गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *