राजनीतिक प्रतिशोध साँधेर सभापति पक्राउ गरेको रास्वपाको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोध साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ ।

विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले लामिछानेमाथि राजनीतिक प्रतिशोध पुष्टि भएको बताए । डा. वाग्लेले लामिछानेलाई १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै प्रतिशोधले पक्राउ गरेको पुष्टि भएको बताए ।

उनले भने-‘सरकारले मानमर्दन गर्ने, अपमान गर्ने शैलीमा सरकार प्रस्तुत भएको छ, यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ । राजनीतिक प्रतिशोधले नै पक्राउ गरेको हिजो साँझसम्मको घटनाक्रमले पुष्टि भएको छ । ’ साथै वाग्लेले न्यायलयको गरिमा र आँच पुग्ने कुरामा आफुहरुले कुनै काम नगरेको बताउदै आफुहरुको प्रश्न राजनीतिक भएको र कार्यपालिकाप्रति भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *