नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भित्र्यायो भिसा वेयरेबल स्टिकर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर भित्र्याएको छ । बैंकका ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित तरिकाले सेवा पाउनेछन् । एनआईएमबि पेवियरले कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको बैंकले जनाएको छ । यसको प्रयोग गर्ने ग्राहकले भौतिक कार्डहरू वा मोबाइल वालेट बोक्न नपर्ने बैंकको दाबी छ । ‘एनआईएमबि पेवियर नेपालका लागि गेम चेन्जर हो’ बैंकका वरिष्ठ डेपुटी सीईओ महेश शर्मा ढकालले भने, ‘यो उत्पादनले हाम्रा ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्ण रूपले परिवर्तन गर्नेछ ।

नेपालमा पहिलो पटक यो प्रविधि भित्र्याउन पाउँदा बैंक उत्साहित भएको उनको भनाइ छ । यसले बैंकलाई डिजिटल नवप्रवर्तनमा अग्रणीको रूपमा स्थापित गर्ने उनको दाबी छ । ग्राहकहरूलाई आफ्नो घडी, की–चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न सक्नेछन् । जसले यसलाई धेरै बहुउपयोगी र सुविधाजनक बनाउँछ । ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा उपकरण ट्याप गरेर छिटो र सुरक्षित कारोबार गर्न सक्नेछन् । तीन महिनाभित्र यसको स्टिकरको लागि आवेदन दिने र यसलाई सक्रिय गर्ने ग्राहकहरूले सो अवधिमा १२ वटा पीओएस कारोबार पूरा गरेपछि आफ्नो वेयरेबल शुल्क (एनपीआर १ हजार) फिर्ता पाउनेछन् ।
हाल बैंकले नेपालभर ९ वटा भिसा एसोसिएट सदस्यहरू, १६ लाख कार्डहरू (जसमध्ये ६.५ लाख नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका विशेष कार्डहरू हुन्) सहितको विस्तृत नेटवर्क सञ्चालन गर्दै आएको छ । बैंकले २७५ शाखा, २६५ एटीएम, र ४ हजार भन्दा बढी पीओएस टर्मिनलहरू सञ्चालन गरिरहेको जनाएको छ । बैंकले ६५ वटा विस्तार(राजस्व संकलन काउन्टरहरू र ७७ शाखाबिहीन बैंकिङ आउटलेटहरू मार्फत सेवाहरू प्रदान गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *