छिमेकीका जुत्ता सुँघेको आरोपमा जेल सजाय

ग्रीसमा एकजना २८ वर्षीय युवक छिमेकीको जुत्ता सुँघ्ने बानीका कारण जेल जानु परेको छ। जुत्ता सुँघ्नका लागि पटक पटक छिमेकीको घर परिसरमा छिरेर दिक्क पारेको अभियोगमा उनी दोषी ठहर भएका हुन् । ग्रीसको सिन्दोस सहरमा गत अक्टोबर ८ मा एक युवक पक्राउ परे । बिहान सबेरै छिमेकीको घर परिसरमा छिरेर बाहिर राखिएका जुत्ताहरु सुँघिरहेको अवस्थामा उनलाई देखेपछि छिमेकीले प्रहरीलाई खरब गरेका थिए र पुलिसले उनलाई पक्रिएको थियो । नाम नखुलाइएका ती युवक यसअघि पनि जुत्ता सुँघ्नका लागि आफ्नो घर परिसरमा पटक(पटक लुसुक्क छिर्ने गरेको र उनको त्यस्तो बानीले दिक्क पारेको भन्दै उनीविरुद्ध छिमेकीले प्रहरीमा खबर गरे । पक्राउ गरेर स्थानीय अदालतमा उपस्थित गराइएका ती युवकको बयान तथा प्रमाणहरुका आधारमा अदालतले उनलाई एक महिनाको जेल सजाय सुनायो । साथै उनी ३ वर्षसम्म परीक्षण कालमा निगरानीमै रहनुपर्नेछ । अदालतको बयानमा ती युवकले भनेका छन्( मलाई यस्तो बानी कसरी लाग्यो भन्ने ठ्याक्कै थाहा छैन । मलाई आफैंप्रति लाज तथा दिक्क लागेको छ । मैले यसबारेमा वर्णन नै गर्न सक्दिनँ । मलाई मेरो अवस्था झनै खराब हुनबाट रोक्नका लागि सहयोग गर्नुहोस् । आफू जुत्ता सुँघ्नकै लागि छिमेकीको घर परिसरमा जम्मा तीन पटकसम्म छिरेको पनि उनले स्वीकार गरे । ती युवकले अदालतमा गल्ती स्वीकार गर्दै माफी पनि मागेका थिए । साथै अरुलाई हानी गर्ने आफ्नो कुनै मनसाय नरहेको पनि उनले बताए । छिमेकीले पनि ती युवाले कुनै हिंश्रक व्यवहार नगरेको तर उनको त्यो अनौठो तथा घिनलाग्दो बानीका कारण आफूहरुलाई दिक्क लागेको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *