केराको दाम १५ लाख डलर !
एक कोसो केराको मूल्य कति पर्ला ? केही रुपैयाँ, सय वा हदै भए हजार । तर सन् २०१९ मा डक्ट टेपले टाँसिएको एउटा केरा १ लाख २० हजार डलरमा बिक्री भएको थियो । यो खबर सामाजिक सञ्जालमा यति भाइरल बन्यो कि कलाको अर्थबारे व्यापक चर्काचर्की भयो । तर कलाकार माउरिजियो क्याटलानको ‘कमेडियन’ शीर्षकको उक्त भाइरल कृतिमा गरेको लगानी अहिलेसम्म पनि उपर्युक्त साबित हुन सकेको छैन । यसैबिच शुक्रवार लिलाम गृह सूथबीले तीन संस्करणको सोही कलाकृतिको एउटा संस्करणको विक्री घोषणा गरेको छ । यसपटक सो कृतिले १० लाखदेखि १५ लाख डलरसम्म पाउने आशा गरिएको छ । यति ठुलो राशि खर्च गर्ने क्रेताले बदलामा डक्ट टेपको सानो टुक्रा र एउटा केरा पाउनेछन् अनि सो कृति जडान गर्ने निर्देशिका र सो कृतिको मौलिकतासम्बन्धी प्रमाणीकरण पाउनेछन् । टेप र केरा दुवै सक्कली नभएको सूथबीले सीएनएनसँग पुष्टि गरेको छ । ‘कमेडियन’ अवधारणात्मक कलाकृति भएको बताइएको छ । हरेक पटक भित्तामा टाँस्दाखेरि यसलाई फेरिन्छ । केहीले यसलाई अवधारणात्मक कृतिको धनी परम्परा भनेका छन् भने केहीले यसको मूल्यमाथि प्रश्न उठाएका छन् ।