बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध रास्वपाको चर्को नाराबाजी

काठमाडौं । रवि लामिछाने पक्राउको विरोध गर्दै प्रदर्शनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीविरुद्ध चर्काे नाराबाजी गरेको छ ।

आफ्ना सभापति लामिछाने रिहाइको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका केही नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोशित बनेको रास्वपा समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भर्को नाराबाजी गरेका हुन् । उनीहरुले अहिले निषेधित क्षेत्र नजिक प्रदर्शन गरिरहेका छन् । रास्वपाले बालुवाटार केन्द्रित प्रदर्शन गरेपछि सो क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ । रास्वपाले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले सभापतिलाई पक्राउ गरेको भन्दै उनको रिहाईको माग गर्दै प्रदर्शन गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *