काठमाडौको ८ ठाउँमा छ्ठ मनाउदै !

तिहारको समापनसँगै छठ पर्वको हर्षेल्लाष शुरू भएको छ । छठ पर्व सूर्यदेवको अनुष्ठान हो । हरेक मानवले जन्मदेखि मृत्युपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जा केन्द्र सूर्यसँगको मानवको सहअस्तित्वसँगै सांस्कृतिक पृष्ठभूमि पनि जोडिएको छ छठसँग ।

तराईको केहि क्षेत्र केन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ । सद्भाव अनि दातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरू, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर मनाइन्छ ।

यी सबै आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै हामीले छठ पर्व व्यवस्थापनका लागि निम्न ८ स्थानमा काम गर्दै आएका छौँ ।

– गौरी घाट, वडा ८ ।

– कोटेश्वर दोभान, वडा ३२ ।

– कमल पोखरी, वडा १ ।

– वंशीघाट, वडा ११ ।

– बालाजु बाइसधारा, वडा १६ ।

– धौखेल खोला, वडा १३ ।

– कुमारी क्लब, वडा १४ ।

– भुवनेश्वरी मन्दिर, वडा १४ ।

काठमाडौं महानगरपालिकाका माथि उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएका छौँ । यसका साथै सम्बन्धित वडाबाट पनि प्रत्यक्ष रूपमा काम गरिरहनु भएको छ ।

छठ पर्वको हार्दिक शुभकामना छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *