सिटिजन्स बैंकका दुई संस्थापक बाहिरिँदै
काठमाडौं । सिटिजन्स बैंकबाट दुई संस्थापक बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी चन्द्र इन्भेष्टमेण्ट प्रालि र मुकेश कुमार भट्टराई बाहिरिने भएका हुन् । बैंकका अनुसार चन्द्र इन्भेष्टमेण्ट प्रालिको नाममा रहेको २५ हजार कित्ता र मुकेश कुमार भट्टराईको नाममा रहेको ४० हजार ४५१ कित्ता सेयर गरी कुल ६५ हजार ४५१ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
चन्द्र इन्भेष्टमेण्ट प्रालिको स्वामित्वमा रहेको सेयरको मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ भने मुकेश कुमार भट्टराईको स्वामित्वमा रहेको सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको बैंकले जनाएको छ । साथै, चन्द्र इन्भेष्टमेण्टको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । तर, संस्थापक सेयरधनीले ३५ दिनभि उक्त सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ । भट्टराईको नाममा रहेको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन नि पाउनेछन् ।