छठपर्व सकिएसँगै मधेसमा दिदीवहिनीको प्रेमको प्रतिक सामा चकेवा पर्वको रौनक

सिरहा । छठपर्व सकिए संगै सिरहा सहित तराई मधेसमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व सुरु भएको छ। दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नता र अटल प्रेमको लागि कामना गरिने सामाचकेवा पर्व सुरु भएको हो ।

कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि कलात्मक मूर्ति सामा, चकेवा, सत भैयाँ लगायतका कालात्मक मुर्ती बनाई दिदीवहिनीहरु रात्री समयमा सामाको गीतमा झुमिने गर्छिन। उनीहरुले समा लगायतका मुर्ती बनाउनको लागि माटोको जोहो गरी कार्तीक शुक्ल पञ्चमी देखि कार्तीक शुक्ल पुर्णिमाको मध्यरातमा यो पर्वलाई समापन्न गर्छिन्।

दिदीबहिनीले माटोको विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्र्तिक पूर्णिमाको मध्यरात्रिमा गाँउबाट पर कुर खेतमा गएर विशेष पूजापाठ गरी पर्वको समापन् गरीने चलन रहेको स्थानिय शिवो देवि यादबले बताइन्।

उनले भने, ‘पहिले गाँउगाँउमा दिदीवहिनीहरुले समुह बनाएर माटोको जोहो गरी काँचो माटोले मानव, चरा र जनावरलगायतका कालात्मक मूर्ति बनाई समाको गीतमा दिदिवहीनीहरु झुमिन्थ्यो तर, अब विस्तारै यो पर्व लोप हुदै गैइरहेको उनको भनाइ छ। उनले थपिन, ‘पहिले काँचो माटोले बनाएको मुर्तीहरुलाई दुल्ही झै सजाएर पुर्णिमाको मध्यरातमा गाँउमा बजाउने लोक वजा (ढोल पिपही) सहीत छोरीलाई विदाई गरेझै गाँउबाट पर कुर खेतमा लगेर विशेष पुजापाठ गरी यो पर्व मनाउने गथ्र्यो। विस्तारै यो पर्वपनि लोप हुदैछ।’

ग्रामीण क्षेत्रमा मनाईने यो पर्वप्रतिको लोकप्रियतामा केही कमी आएको महशुस गर्न थालिएको छ । भविष्य पुराणमा उल्लेख गरिए अनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेसमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिनुभयो । सामाको भाइ साम्बले जब यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामा सहित सबै ऋषिहरुलाई श्रापबाट मुक्त गरे ।

भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँघरमा पर्व मनाउँछन, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता रहेको स्थानिय अरुण झाले बताए।

उनले, छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरी सामा, दोश्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा, खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूर्ति बनाइन्छ। यसका साथै बृन्दावन जङ्गल, झुटो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्न रङले रङग्याइने गरेको जनाए। उनले भने, ‘यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । त्यसै क्रममा आफूलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्छन् ।’

सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर मनोरञ्जन गर्ने गरेको स्थानिय दिदीवहिनीहरु बताउछिन्। छठको खरना वा परनादेखि मैथिल ललनाहरू माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखेर दीप बाली घरबाट बाहिर आएर अन्य साथीहरूसँग मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गरिन्छ । परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन रहेको उनीहरुको भनाई छ।

चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी आफू चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चेकवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावन लगायतका पात्र हुन्छन् । सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदीबहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछिन कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् ।

यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारीत पर्व हो । पछिल्लो समय सामा चकेवा पर्वको लोकप्रियता र अभ्यासमा पनि कमी आएको देखिन्छ। समाजमा दिनप्रतिदिन बढ्दै गईरहेको आधुनिकीकरण र नयाँ पुस्ताका जिवन शैली अस्तव्यस्तका कारण पनि यो पर्व विस्तारै लोप हुदै गईरहेको जानकारहरु बताउँछन्। तर, अहिले पनि केही समुदायले यो पर्वलाई जिवित राखेको उनीहरुको भनाई छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *