यस्तो बन्यो नयाँ टिम रास्वपाको सचिवालय,अटेनन् बालेन
काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पार्टीको सचिवालय समितिमा अटेका छैनन् । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ सदस्यीय सचिवालय टिममा उनलाई नराखेको हो । सचिवालय बैठकमा रास्वपाका सभापति रवि लामिछानेसँगै उपसभापति स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भुपदेव शाह रहेका छन् । भुपदेवलाई सोमबारको बैठकले अनुमोदन गर्दै सचिवालयमा राखेको हो । यस्तै, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष्य बसुमाया तामाङ र प्रवक्ता मनिष झा पनि सचिवालयमा छन् ।
सचिवालय सदस्यहरूमा गणेश पराजुली, दिपक बोहरा, बिराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम, हरि ढकाल, सागर ढकाल र सरिता श्री ज्ञवाली रहेका छन् । सागर र ज्ञवाली आज नै नियुक्त भएका हुन् । आज बसेको बैठकले ६ जनालाई संघिय नेतृत्व मञ्चमा मनोनित पनि गरेको छ । तुलसी प्रसाद चौधरी, राम सिह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज चौधरीलाई सो मञ्चमा मनोनित गरेको प्रवक्ता मनिष झाले बताए । यस्तै, बैठकले जीवन प्रभा लामा, मोती प्रसाद पंगाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मालाई केन्द्रीय सल्लाहकार परिषदमा मनोनित गरेको छ ।
















