गृहमन्त्रीबारे सरकारले धारणा स्पष्ट पार्नुपर्छ, स्टन्टले देश चल्दैन : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गरेका छन् । भट्ट सम्बद्ध स्टार माईक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको काजजात सार्वजनिक भइरहेका बेला उनले सोबारे तत्काल स्पष्ट पार्न सरकार, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वसँग माग गरेका हुन् । सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सुशासनको कुरा गर्ने सरकारले गृहमन्त्रीबारे सञ्चार माध्याममा आइरहेका विषयमा स्पष्ट पार्नुपर्ने जिकिर गरे ।

‘सुशासनको कुरा गर्ने गृहमन्त्रीको बारेमा अहिले सञ्चार माध्यममा जे आइराखेको छ । त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । गृहमन्त्रीले आफ्नो पोशिजन क्लियर गर्नुपर्छ । पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिशन क्लियर गर्नुपर्छ,’ उनले भने । स्टन्टको भरमा देश नचल्ने भन्दै उनले सरकारको आलोचना समेत गरे । अध्यक्ष लिङ्देनले सरकारले अनधिकृत रुपमा बनाइएको सडक छेउका घरटहरा भत्काउने नाममा सरकारले राज्य आतंक फैलाएको भन्दै आक्रोश समेत व्यक्त गरे । ‘मैले अस्ति भर्खरै सञ्चार माध्याममा हेरिराखेको थिएँ, सामाजिक सञ्जालमा हेरिराखेको छु । म लाइसेन्स नवीकरण गर्न गएको थिए । लाइसेन्स पाइनँ तर बाँढिराखेको छ भनेर स्टन्ट गरिएको छ । अब त्यस्तो स्टन्टले देश चल्दैन ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *