छोरीको जन्मदिनमा नेशनल लाइफको बीमा पोलिसी

काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह, व्रतवन्ध, वर्षगाँठ जस्ता पर्वहरूमा फजूल र देखावटी खर्च गरी महंगो उपहार दिने, अनावश्यक भोजभतेर गर्ने परम्परालाई विस्थापित गर्दै जीवन बीमा पोलिसी उपहार स्वरूप दिने प्रचलन बढ्दै गएको छ। यसैको पछिल्लो उदाहरण स्वरूप सन्तानको सुरक्षित भविष्य निर्माणतर्फ उदाहरणीय कदम चाल्दै सिन्धुलीको सुनकोशी गाउँपालिका–६ निवासी प्रताप सिंह बि.क. र कमला बि.क.ले आफ्नी छोरी प्रीयान्सा बि क को जन्मदिनको अवसर पारेर नेशनल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका छन्।

दम्पत्तिले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी छोरी प्रीयान्सा बि क को नाममा ५ लाख रुपैयाँ बराबरको “बाल अमृत–४” नामक बीमा पोलिसी दिएका हुन्। उक्त पोलिसी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर सन्तोष भुजेलद्वारा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। सानो लगानीबाट दीर्घकालीन फाइदा लिन सकिने बीमा योजनाले बालबालिकाको भविष्य सुरक्षित बनाउ भएकोले अचेल आफ्ना बालबच्चालाई बीमा पोलिसी उपहार दिने ट्रेन्ड नै बन्दै गएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *