जनसचेतन बचतको संचालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीको सपथ ग्रहण
दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्थामा निर्वाचन उपसमितिले एकल उम्मेदवारी परेको भन्दै निर्वाचित घोषणा गरेको संचालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीले सपथ ग्रहण गरेका हुन् । अध्यक्ष गोपालध्वज श्रेष्ठ सहितका पदाधिकारीलाई निर्वाचन उपसमितिका संयोजक सरोज उप्रेतीले सपथ ग्रहण गराएका हुन् ।
जनसचेतनको संचालक समितिमा निर्विरोध निर्वाचित अध्यक्ष गोपालध्वज श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद दहाल, सहसचिव शिवराम ढकाल, कोषाध्यक्ष राजेन्द्र प्रसाद ढुँगेल, संचालक सदस्यहरु सन्तोष प्रसाद विमली, उर्मीला गौतम, नारायण बस्नेत, केदारप्रसाद दहाल, पदमवहादुर पाण्डे, ज्ञानवहादुर तामाङ, सृजना घिमिरे र विमला दहाल घिमिरेले सपथ लिएका हुन् ।
यसैगरी लेखा समितिका संयोजक प्रशान्त चौंलागाई र सोमप्रसाद घिमिरेले पनि सपथ ग्रहण गरेका छन् । संचालक समितिको उपाध्यक्षमा निर्वाचित सुमिता शिवाकोटी उप्रेती, सचिव भरत केसी, संचालक सदस्य अमृत शेर्पा र लेखा समितिका सदस्य सुशिला न्यौपानेले भने सपथ लिएनन् । सपथ ग्रहण समारोहमा उपस्थित भए पनि उनीहरुले सपथ नलिएका हुन् । सपथ नलिने चारै जना बहालवाला स्थायी शिक्षक हुन् । स्थायी शिक्षकले सपथ नलिए पनि अस्थाई, राहत र करारमा कार्यरत शिक्षकहरु सृजना घिमिरे र उर्मिला गौतमले भने सपथ लिएका छन् ।