राष्ट्रिय सहकारी बैंकको २१औं वार्षिक साधारण सभा मङ्सिर २९ मा

काठमाण्डौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा आगामी मङ्सिर २९ गते शनिवार हुने भएको छ । बैंकको हिजो सम्पन्न सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र केन्द्रीय उपसमितिका सदस्यहरूको संयुक्त बैठकले मङ्सिर २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकको २१औं वार्षिक साधारण सभा अन्तगर्त मङ्सिर २९ गते ७ प्रदेशमा एकाइ सभा र पुस ३ गते एकाइ प्रतिनिधिहरूको सभा गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिनुभयो ।

एकाइगत रुपमा हुने साधारण सभा अन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको बार्दिबास, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा हुने छ । सात प्रदेशमा हुने एकाइ सभाबाट चयन हुने प्रतिनिधिहरूले साधारण सभाको बैठकका निर्णयहरू प्रमाणित गर्ने सभा पुस ३ गते काठमाडौंमा गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

एकाइस्तरमा सञ्चालन साधारण सभाको कार्यसूचिमा रहेका प्रतिवेदनहरु एकाइ ३ मा भौतिक र अन्य एकाइमा भर्चुअल माध्यमबाट पेश हुने छन् । साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८०।०८१ को लेखा परीक्षण प्रतिवेदन, आ।ब। २०८१।०८२ को प्रस्तावित बजेट तथा कार्यक्रमको विषयमा छलफल एवम् निर्णय हुने छ । त्यसैगरी विनियम संशोधन, कार्यविधिहरू थप तथा संशोधन, नियमनकारी निकायको निर्देशनको जानकारी सहित विभिन्न ११ वटा कार्यसूचीका विषयमा छलफल एवम् निर्णय हुने छ । बैंकमा हालसम्म १६ हजार ३ सय ४६ सहकारी संघ संस्था सदस्य रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *