हिमालयन रिइन्स्योरेन्सको नाफा २९.१६ प्रतिशत बढ्यो
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले २९.१६ प्रतिशत बढी नाफा आर्जन गरेको हो । असोज मसान्तसम्म कम्पनीले ९२ करोड ४४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८३ करोड ३२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १०।९४ प्रतिशत बढेको हो । असोजसम्म कम्पनीले ४९ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ७२ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी १३.७२ प्रतिशत बढेको हो ।
यस अवधिमा कम्पनीले १ अर्ब २४ करोड ९७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने ८८ करोड ७१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ७६ करोड ७४ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ, सेयर प्रिमियमा ३ अर्ब १८ करोड रुपैयाँ, विशेष कोषमा १ अर्ब ३० करोड ७७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १३ करोड २१ लाख रुपैयाँ, सञ्चित नाफा ८१ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड १६ लाख रुपैयाँ रहेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.७१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५९.१६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १०३.५६ गुणा छ । यसअवधिमा कम्पनीले १३ अर्ब ६३ करोड ७२ लाख रुपैयाँ दीर्घकालीन लगानी गरेको छ भने ५ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ छोटो अवधिको लगानी गरेको छ ।