गरिमा विकास बैंकद्धारा १८औं वार्षिकोत्सवको अवसरमा “गरिमा रोड रेस कप्युटेसन-२०८१” आयोजना गरिने
काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मंसिर ८ गते शनिवार “गरिमा रोड रेस कप्युटेसन –२०८१“ को आयोजना गर्दैछ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको रोड रेस कप्युटेसन –२०८१ आयोजना गर्न गईरहेको छ । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् । खुल्लातर्फको १० किलोमिटर रोड रेस कप्युटेसन –२०८१ मा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्ने छन् भने कर्पोरेट तर्फको ५ किलोमिटर रोड रेस कप्युटेसन –२०८१ मा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता जनाउन सक्नेछन् । गरिमा रोड रेस कप्युटेसन –२०८१ को महिला र पुरुषतर्फको गरी चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः रु. ७५ हजार, रु. ६० हजार , रु. ४५ हजार , रु. ३०, हजार र रु. १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
गरिमा रोड रेस कप्युटेसन २०८१ प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मिति २०८१ मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट www.garimabank.com.np तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ । निर्धारित सहभागी संख्या पुरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ । मंसिर ७ गते १८ औं वार्षिकोत्सव मनाउन गईरहेको विकास बैंकले सो अवसरमा काठमाण्डौंमा गरिमा रोड रेस कप्युटेसन २०८१ सहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ । विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउदैं आईरहेको छ । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।