आईएमई लिमिटेडले आईपीओ निष्काशन गर्ने

काठमाडौ । आईएमई लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर २४ गते पानीपोखरीस्थित आफ्नै कार्यालयमा साधारणसभा आह्वान गरेको हो। कम्पनीको साधारणसभामा वित्तीय विवरण पारित गर्ने, लाभांश वितरण गर्ने, आईपीओ निष्काशन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

१. संचालक समितिको आ.ब. २०८०।०८१ को बार्षिक प्रतिवेदन गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वासलात तथा मिति २०८० श्रावण १ देखि २०८१ आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण सम्बन्धी विषयमा छलफल गरी स्वीकृत गर्ने ।

३. यस कम्पनीको सहायक कम्पनी आई एम ई डिजिटल सोलुसन लिमिटेडको आ.व. २०८०।८१ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) विवरण स्वीकृत गर्ने।

४. कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक बर्ष २०८१।०८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।

५. संचालक समिति चयन गर्ने सम्बन्धमा

६. लाभांस वितरण गर्ने सम्बन्धमा ।

बिशेष प्रस्ताव
१. सर्वसाधारण लाई शेयर जारि गर्ने सम्बन्धमा ।

२. कम्पनीको प्रबन्धपत्र , नियमावली संशोधनमा नियमनकारी निकायहरुबाट कुनै थपघट वा संशोधन गर्न निर्देशन भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *