नेपाली कथानक चलचित्र ‘दैव’ युटुवमा रिलिज
काठमाडौ । मौनता श्रेष्ठको लेखनमा तयार पारिएको नेपाली कथानक टेलिसिरिएल ‘ए बाउ’ को १२ भागको प्रसारण सार्वजनिक भएको छ ।
जीवन गौतमको निर्देशन र मौनता श्रेष्ठको कथा, पटकथा एवम् परिकल्पनामा बनेको ‘ए बाउ’ एक सामाजिक र पारिवारिक एवम् निक्कै नै मार्मिक कथावस्तुमा बनेको चलचित्र हो । लाटो छोरोलाई बोल्ने बनाउने गरेका अनेकौँ कोसिस पछि अन्तमा लाटो छोरालाई बोल्ने बनाउन अस्पतालमा अप्रेसन सकिसकेपछि छोरालाई थप औषधि लिन मेडिकल पसलमा औषधि लिन जाँदा फटाहा र गुन्डा ग्रुपको पिटाइका कारण बाबु बहिरो बन्न पुग्छ । घायल अवस्थामा अस्पतालमा आइपुग्दा छोरो बोल्न थालिसकेको हुन्छ तर बाबुले छोरोले बोलेको सुन्दैन ।
यो भन्दा मार्मिक र हृदय विदारक क्षण अरू के हुन् सक्छ होला ? हो यस्तै कथावस्तुले भरिपूर्ण छ चलचित्र । सम्पूर्ण १२ भाग प्रसारण ‘एमएस ईन्टरटेन्मेन्ट युटुव च्यानल’बाट (MS Entertainment Yotube Channel) प्रसारण भएको ए बाउको सम्पूर्ण भागलाई समेटेर ‘दैव’को नामबाट सोही ‘एमएस ईन्टरटेन्मेन्ट युटुव च्यानल’मा रिलिज भैईसकेको छ । पहिलो भागदेखि अन्तिम भागसम्मै नै दर्शकले अति नै मन पराई हेरेका थिए । विभिन्न भागमा रहेकोले हेर्न दर्शकले झन्झटिलो भयो एकै पटक सम्पूर्ण भाग हेर्ने चाहना राखेका कारण दर्शकको चाहना बमोजिम सबै भागलाई समेटेर ‘दैव’ फिल्मको रूपमा रिलिज गरिएको कुरा निर्माण पक्षले सत्याग्रह अनलाइनलाई बताएका छन् ।
‘दैव’ चलचित्रमा नायकका रूपमा विनोद श्रेष्ठ यसै गरी अन्य कलाकारहरूमा गीता थापा, अञ्जली थापा, सोनी वि.सी. नानु भण्डारी, मदन सेन्चुरी, आर.बि. कटुवाल, विमला महर्जन, नवीन सुनार, सत्य वि.क. लगायतका कलाकारको विशेष भूमिका रहेको छ । साथै वाल कलाकारहरूमा जीविका गौतम, अरुणा कालीराज लगायतको भूमिका रहेको छ । नेपाली सामाजिक तथा पारिवारिक परिवेशमा बनेको ‘ए बाउ’ मा बाबु र छोरा बिचको सम्बन्ध र पारिवारिक विषय बस्तुलाई उक्त चलचित्रमा उद्धरण गरिएको छ ।
निर्देशक जीवन गौतमले सत्याग्रह अनलाइनलाई दिएको जानकारी अनुसार बाबु छोरा बिचको पारिवारिक कथा नै यस चलचित्रको मुख्य कथावस्तु हो । श्याम राजा श्रेष्ठको सम्पादनमा रहेको ‘दैव’ चलचित्र विमला महर्जन र मदन सेन्चुरीले संयुक्त रूपमा निर्माण गरेका हुन । साथै क्यामेरामा डम्बर राई रहेका छन् भने सूर्य राई दनुवारको सङ्गीत रहेको छ । उक्त सिरियल काभ्रे जिल्ला, पाँचखाल स्थित तामाघाट, काठमाडौँको लप्सीफेदी आसपास क्षेत्रका रमणीय गाउँ-घरमा छायाङ्कन गरिएको थियो ।
पुरा दैब चलचित्र