नेचुरल साकोसको १६औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः शर्मिला अमात्य

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले नयाँ नेतृत्व चयन लगायतका विभिन्न एजेन्डाहरु पारित गरेको छ । सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक अच्युतम काफ्लेले प्रतिवेदन पेश गरेका थिए । समितिले आवधिक भन्दा नियमित बचतमा जोड दिनुपर्ने, बाह्य ऋणको अनुपात घटाउँदै लैजानुपर्ने लगायतका सुझाव दिएको थियो । यस्तै निक्षेप र कर्जाको अनुपात कायम राख्नुपर्ने, सदस्यलाई सक्रिय बनाउ रणनीति तयार गरेर लागू गर्नुपर्ने, कार्यालय खर्च कम गर्नुपर्ने लगायतको सुझाव सञ्चालक समितिलाई दिएको छ । सभाले आगामी चार वर्षको लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गर्नुका साथै विभिन्न ११ एजेण्डा उपर छलफल गरी पारित गरेको छ । संस्थाको सेयर पुँजी १६ करोड ५१ लाख रुपैयाँ छ । यस्तै, बचत तथा निक्षेप १ अर्ब ७९ करोड ६८ लाख, कर्जा तथा सापटी १ अर्ब ९१ करोड रहेको छ । त्यस्तै कुल आम्दानी ३१ करोड ६८ लाख गरी २८ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । संस्थाले २ करोड २३ करोड ९कर अघि० नाफा गरेको छ । संस्थाले १ करोड ९० लाख रुपैयाँ राजश्वमा योगदान गरेको छ ।

आव २०८०८१ मा संस्थाको कुल कारोबार २ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ रहेको छ । सोही सभाले नयाँ संचालक पनि गरेको छ । सहकारीको अध्यक्षमा पुनः शर्मिला शिल्पकार चयन भएकी छन्। नव निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा विकल्प पाठक, कोषाध्यक्षमा भिम बहादुर गुरुङ निर्वाचित भएका छन् । त्यस्तै सञ्चालकहरुमा पार्वती मानन्धर, गंगाकुमारी अधिकारी र सजनी आर्याय निर्वाचित भएकी छिन् । सोही सभाले पुर्ण बहादुर तामाङको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति पनि चयन गरेको छ । समितिका सदस्यहरुमा श्रीधर पाठक र मिना मोक्तान चयन भएकी छिन् । नवनिर्वाचित दुबै समितिलाई निर्वाचन समितिका संयोजक सिताराम राउतले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । संस्थामा नेतृत्वसहित महिला सहभागिता ५० प्रतिशत पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *