आज साझँ मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ । आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

आज (मंगलबार) साझँ ६ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाएको एक मन्त्रीले जानकारी दिए । आज बस्ने मन्त्रिपरिषद्को बैठक नियमित भएको बताइएको छ । सामान्यतया साताको सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गर्छ ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएकाले सोमबार आकस्मिक बैठक बसेर उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णयबाहेक अरू केही निर्णय गरेको थिएन । सोहि कारण आज पनि मन्त्रिपरिषद् बैठक बस्न लागिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *