टीभीएसको नयाँ ईभी स्कुटर आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक

काठमाडौं । टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक भएको छ । नेपालको लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको हो । यससँगै अब नेपालमा टिभिएस आईक्यूबका ३ वटा भेरिएन्टहरू ६ आकर्षक रङमा उपलब्ध हुनेछन् । २.२ किलोवाट आवरको नयाँ भेरिएन्टको सुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रहेको छ । कम्पनीका अनुसार टीभीएस आईक्यूब पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजताका सिद्धान्तबाट प्रेरित छ । उक्त लन्च कार्यक्रममा टीभीएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधुप्रकाश सिंहले विश्वभरि ४ लाखभन्दा बढी ग्राहकले टीभीएस आईक्यूब ब्रान्डलाई रोजेको जानकारी दिए । कम्पनीका अनुसार नयाँ आईक्यूब २.२ किलोवाट आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।

आईक्युब २।२ किलोवाट आवर भेरिएन्टको बुकिङ आजदेखि टीभीएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका टीभीएसका ४० वटा आधिकारिक डिलरमा उपलब्ध भएको कम्पनीले जनाएको छ । एक कार्यक्रमका बीच उक्त इलेक्ट्रिक स्कुटर लन्च गरिएको थियो । सो कार्यक्रममा टिभिएस मोटर कम्पनीका इभी इन्टरनेशनल भाइस प्रेसिडेन्ट मुधप्रकाश सिंहले नेपालमा आईक्यूबको यात्रा निकै फलदायी हुँदै आएको बताए । त्यस्तै, जगदम्ब मोटसएका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टिभिएस आईक्यूब २.२ किलोवाट आवर भेरियन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा भएको परिवर्तनमा अझ गति थप्ने बताए । यस्तै उनले टीभीएसले क्यालिटिको मामलामा कम्परमाइज नगरर्ने बताए । उनले भने, ‘टीभीएसले क्यालिटिमा कम्प्रोमाइज गर्दैन । कम्पनीले धेरै रिसर्ज गरेर मात्र प्रोडक्ट बजारमा ल्याउँछ । कार्यक्रममा कम्पनीले राष्ट्रिय महिला फुटबल टीमका खेलाडीहरुलाई सम्मान पनि गरेका थियो ।

के के छन् विशेषता ?
ब्याट्री क्षमता २.२ किलोवाट आवर

चार्जर – ९५० वाट

५ इन्चको रंगीन टीएफटी स्क्रीन

सबैभन्दा फास्ट चार्जिङ – २ घण्टा (० ८० प्रतिशत)

सवारी दुर्घटना तथा टो अलर्ट

टर्न बाइ टर्न नेभिगेशन

डिस्ट्यान्स टु एम्प्टी

३० लिटरको अन्डर सीट स्टोरेज

७५ किमी प्रतिघण्टाको टप स्पिड

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *