नेप्सेमा १३ अंकको गिरावट
काठमाडौँ । आइतबार नेप्से १३ अंकले घटेको छ ।
आज नेप्से १३.०३ अंकले घटेर २६६७.४० विन्दुमा बन्द भएको छ । आज कुल ३२२ कम्पनीका एक करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर किनबेच हुदा ७ अर्ब ७२ करोड ८८ लाख बराबरको कारोबार भएको थियो । आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सर्बाधिक ९.९१ प्रतिशतले बढेको छ भने एनगाडी ग्रुप पावरको शेयर मुल्य ९.५८ प्रतिशतले बढेको छ ।
त्यसैगरी आज सेन्चुरी डिभेन्चर २०८८ को सर्बाधिक ७.५५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबैभन्दा बढी जानकी फाइनान्सको ६० करोड ८७ लाख ३६ हजार बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको सबैभन्दा बढी ७ लाख २० हजार ८१३ कित्ता शेयर कारोबार भएको छ ।