कुमारी बैंकद्वारा बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । कुमारी बैंकले मोरङको बेलबारीमा उद्यमीहरूको व्यावसायिक विकासका लागि प्रशिक्षण कार्यक्रम गरेको छ । यूएसएडसँगको साझेदारीमा बैंकले ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्धनका कार्यक्रम आयोजना गरेको हो । वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमा उद्यमशीलता प्रवर्धन तथा विकास हुने बैंकले जनाएको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *