नेपाल धितोपत्र बोर्ड अध्यक्षमा श्रेष्ठ
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् । उनले एमबीएसम्मको अध्ययन गरेका छन् । धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन रहँदै आएको थियो ।