अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धका मुद्धा खारेज हुने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सन् २०२० को चुनावमा हस्तक्षेप गरेको र संसदमा हमलाको षड्यन्त्र गरेको मुद्धा रद्ध हुने भएको छ ।

अदालतमा विचाराधीन रहेको मुद्धाको विषयमा विशेष काउन्सिल ज्याक स्मिथले संघीय अदालतमा ट्रम्प विरुद्ध दायर मुद्दा खारेज गर्न अपील गरेका छन् । उनले अमेरिकी न्याय विभागको पुरानो नीतिअनुसार वर्तमान राष्ट्रपतिमाथि मुद्दा चलाउन नसकिने दलिल पेश गर्दै मुद्धा खारेज गर्न माग गरेका हुन् । यो मुद्धा जनवरी ६, २०२१ मा अमेरिकी संसदमा उनका समर्थकहरूले आक्रमण गरेपछि सत्तामा रहन ट्रम्पको प्रयाससँग सम्बन्धित छ । अभियोजकहरूले ट्रम्पविरुद्धको मुद्दा संविधानको आवश्यकता अनुसार खारेज गर्नुपर्ने बताएका छन् । फ्लोरिडाको पुनरावेदन अदालत र वाशिंगटन डीसीका अभियोजकहरूले निवेदन दायर गरेपछि यो घोषणा आएको हो ।

यससँगै ट्रम्पविरुद्ध न्याय विभागले तयार गरिएको मुद्दा पूर्ण रुपमा रोकिएको छ । सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा सार्वजनिक भएपछि अमेरिकी राजधानीमा ट्रम्पका समर्थकहरूले मच्चाएको हंगामालाई आपराधिक षड्यन्त्रका रूपमा लिएर ट्रम्पलाई जिम्मेवार ठहर गर्दै न्याय विभागले मुद्दा दायर गरेको थियो । अदालतमा पेश गरेको कागजमा न्याय विभागले आफ्नो अडान स्पष्ट रहेको जनाएको छ । प्रतिवादीले सपथ लिनुअघि नै मुद्दा बन्द गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *