रास्वपा नेताहरुविरुद्धको अदालतको अवहेलना मुद्धामा भाषणको क्लिप पेस गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुविरुद्ध दर्ता भएको अदालतको अवहेलना निवेदनलाई प्रथमिकता दिदैँ उनीहरूले सार्वजनिक रूपमा गरेका भाषणहरूको क्लिप/भिडियोसहितका विवरण पेस गर्न आदेश गरेको छ ।

आज (बुधबार) न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले निवेदकलाई कागजातहरू पेस गर्न भनेको हो ।

अदालतको अवहेलना निवेदनमा सहकारी ठगी प्रकरणमा अदालतको अनुमतिले थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन चर्काउँदा अदालतको न्याय प्रकृयामा असर पर्ने गतिविधी गरेको दाबी गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *