राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट,गराए चीन भ्रमणको जानकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा भएको भेटमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले छलफल गरेको उनको सचिवालयले जनाएको छ । उनी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लिएर राष्ट्रपति पौडेललाई भेट्न पुगेका थिए ।

प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् । उनले आफ्नो भ्रमणबारे जानकारी गराएको उल्लेख गर्दै अन्य विविध विषयमा पनि छलफल भएको सचिवालयले बताएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भइरहेको बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *