कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने
काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ ।
कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालका अनुसार मतगणनाको पूर्व तयारी भइसकेको छ । नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको पौड्यालले जानकारी दिए । मतपत्रका सबै बाकस भण्डारणपछि सर्वपक्षीय बैठक बसेर राति १० बजेपछि मतगणना सुरु हुने उनले बताए ।
हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।