सिरियाका राष्ट्रपतिले देश छाडे

काठमाडौँ । सिरियाका राष्ट्रपति बसर अल–असदले राजधानी दमास्कस छाडेका छन् ।

विद्रोही समूह सिरियाको सरकारी नियन्त्रणमा रहेको राजधानी दमास्कस प्रवेश गरेर आक्रमण गरेपछि राष्ट्रपति बसर राजधानी छाडेर भागेका हुन् । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले पनि सम्भवतः राष्ट्रपति बसर अल–असदलाई लिएर एउटा निजी विमान दमास्कस एयरपोर्टबाट निस्किएको बताएको छ ।

यद्यपी उनी कहाँ गए भन्ने स्पष्ट नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सिरियाका विद्रोही समूह हयात तहरिर अल–शाम (एचटीएएस) ले हालसम्म हामा, देराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्स कब्जा गरिसकेको छ । एचटीएएसका प्रमुख अबु मोहम्मद अल जुलानीले होम्स कब्जालाई ऐतिहासिक क्षण भनेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *