रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आज कास्की जिल्ला अदालतमा उनलाई म्याद थपका लागि प्रस्तुत गरिएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
पूर्वगृहमन्त्री समेत रहेका रविलाई पर्सा लाने प्रहरीको तयारी छ । लामिछानेसहित तीनजनालाई पक्राउ गर्न पर्सा अदालतले अनुमति दिइसकेको छ ।
प्रहरीले रविमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकारीलाई सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ ।