स्वास्थ्य मन्त्रालयले निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीलाई सरकारीसरह सेवासुविधा दिन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिक सरकारीसरह दिन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई पत्र लेख्दै न्यूनतम पारिश्रमिक सरकारीसरह दिन निर्देशन दिएको हो ।

यो मन्त्रालयको सचिवस्तरीय निर्णय हो । त्यस्तै, तोकिएको समयभन्दा बढी काम गर्नेहरूका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने पनि उल्लेख गरिएको छ । स्वास्थ्यकर्मीलाई अनुभवको पत्र प्रदान गर्नुपर्ने पनि जनाइएको छ । नर्सिङलगायतका अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन पनि पत्रमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *