लक्ष्मी सनराइज बैंकको साधारणसभा पुष २४ गते हुँदैं
काठमाण्डौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो २४ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको पुष १ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुष २४ गते अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । सभामा बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पेश हुनुका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डा पेश हुनेछन् । सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुष १७ गते बुधबार एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १६ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन पाउँनेछन् ।