ओमोडा ईफाइभलाई ‘युरो एनक्याप’ र एनक्यापमा डबल ‘फाइभ स्टार’ सेफ्टी रेटिङ
काठमाडौं । ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्री इभी ओमोडा फाइभले युरो एनक्याप र एनक्याप दुवैबाट प्रतिष्ठित फाइभ(स्टार सेफ्टी रेटिङ हासिल गरेको छ । यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो एनक्याप, एनक्याप र एएसइएएन एनक्यापजस्ता प्रमुख सेफ्टी संस्थाहरूबाट फाइभ स्टार रेटिङ प्राप्त गरेको थियो । ओमोडा ईफाइभको बीइभी संस्करणले अन्य परीक्षणको साथ ‘फ्रन्टल अफसेट’ र ‘ओब्लिक पोल टेस्ट’ आदि थप दुर्घटनाका परीक्षणहरू पार गरी सुरक्षाका सम्पूर्ण क्षेत्रमा उत्कृष्ट पर्फमेन्स सुनिश्चित गर्यो । यसले युरो एनक्यापमा सेफ्टी असिस्ट सिस्टम (सुरक्षा सहायता प्रणाली)को लागि ८८ प्रतिशत अंकका साथ एडल्ट अकुपेन्ट प्रोटेक्सन (वयस्क यात्रु सुरक्षा) र चाइल्ड अकुपेन्ट प्रोटेक्सन (बाल यात्रु सुरक्षा)को लागि ८७ प्रतिशत अंक प्राप्त गर्यो । त्यसैगरी, एनक्याप परीक्षणमा ओमोडा इफाइभले एडल्ट अकुपेन्ट प्रोटेक्सनको लागि ८७ प्रतिशत, चाइल्ड अकुपेन्ट प्रोटेक्सनको लागि ८८ प्रतिशत र सुरक्षा सहायताका लागि ८३ प्रतिशत अंक प्राप्त गरेको छ । ओमोडा इफाइभमा ७८ प्रतिशत रेसियो (अनुपात)को ‘हाइ(स्ट्रेन्थ स्टिल बडी’ रहेको छ, जसकारण अत्याधुनिक र अधिकतम सुरक्षा क्षमता सम्भव हुन्छ । गाडीको अगाडिको भागमा ‘अल्ट्रा हाइ स्ट्रेन्थ स्टिल’ र साइड पिलरमा ‘रिइन्फोर्स्ड स्टिल’ समावेश गरिएको छ । यी सुविधाहरूले गाडी दुर्घटना हुँदा स्टेबलिटि (स्थिरता) सुनिश्चित गर्दछ र अगाडिको भागमा गाडी ठोक्किँदा ‘क्याबिनमा पर्ने असर (डिफर्मेसन) कम गर्दछ । यसले गर्दा गाडीमा सवार सबैको प्रभावकारी सुरक्षा सुरक्षित हुन्छ । ‘स्टेबल चाइल्ड सिट इन्टरफेस’ र अप्टिमाइज्ड एयरब्याग सुरक्षाले गर्दा ओमोडा इफाइभ बाल यात्रुको सुरक्षामा पनि उत्कृष्ट रहेको छ । ओमोडा इफाइभमा अत्याधुनिक सक्रिय सुरक्षा प्रविधिहरू पनि रहेको छ ।
यसको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रणालीले अन्य सडक यात्रुबाट हुने सम्भावित जोखिमबाट बचाउँदछ । इफाइभको फराकिलो स्पिड रेन्ज, र छिटो रेस्पोन्स(टाइमले गर्दा कोलिजन रिस्क (दूर्घटनाका जोखिम) न्यूनिकरण गर्दछ । उत्कृष्ट सुरक्षाका अलावा, ओमोडा इफाइभमा ४३० किमिको डब्लुएलटिपि रेन्ज, २८ मिनेटभित्रै ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुने फास्ट रिचार्जिङ सुविधा र शान्त ड्राइभिङ अनुभवका लागि मात्र ६२।९ डेसिबलको नोइज लेभल(१२० किमि प्रतिघण्टाको स्पिडमा) रहेका छन् । यी विशेषताहरूले गर्दा ओमोडा इफाइभ विद्युतीय रेन्ज र इफिसियन्सि दुवैको लागि उत्कृष्ट रोजाइको ईभी रहेको छ । डबल फाइभ(स्टार सेफ्टि रेटिङ र अत्याधुनिक प्रविधिको साथ, ओमोडा इफाइभले इलेक्ट्रिक गाडीको बजारमा ‘सुरक्षा र पर्फमेन्स’को लागि नयाँ उचाइ हासिल गरेको छ । ओमोडा एन्ड जेइको, विश्वव्यापी रूपमा सबैभन्दा छिटो बढ्ने व्यक्तिगत कार ब्रान्ड हो जसको हाल विभिन्न ३२ देश तथा क्षेत्रहरूमा १ हजारभन्दा बढी सोरुम र ३ लाख ७० हजारभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् । ब्रान्डको सन् २०२४ को अन्त्यसम्ममा स्पेन, युके र पोल्याण्डमा आफ्नो सोरुम नेटवर्कलाई उल्लेखनीय रूपमा विस्तार गर्ने र युरोपियन बजारमा आफ्नो स्थितिलाई सुदृढ बनाउने योजना रहेको छ ।
एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमोडा एन्ड जेइको अटोमोबाइल को। लिमिटेडको लागि नेपालको आधिकारिक वितरक हो ।