स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका १० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका ७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका ७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल र झापा बिर्तामोड नगरपालिका ५ घर भएका २७ वर्षीय युवराज सुवेदी रहेका छन् । प्रहरी वृत्त गौशलाबाट मंगलबार खटिएको प्रहरीले प्रदेश ३ ०१ ०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *