सुनको मूल्य तोलामा १७ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *