मुला मात्रै होइन मुलाका पात खानाका अनेकौँ फाइदा के छन् ?
हाम्रो भोजनको दैनिकीमा सलाद अथवा तरकारीका रूपमा हामी मुला खान्छौ । अझ नाथे मुला भनेर हेप्ने चलन छ । मुला खाई बन पस, अदुवा खाई घर पसु भन्ने उखान पनि निक्कै प्रचलित छ । मुला खाएपछि मुख गनाउने, पेटको दूषित बायु बाहिर निस्कने भएकोले डकार र पाद आउने हुनाले बन पस भनेको हुनुपर्छ पक्कै । खाएपछि बन नै पस्नुपर्ने अवस्था आए पनि हाम्रो दैनिक खानामा नियमित मुला सेवन गर्यो भने हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदाजनक छ भनेर आम जनमानसलाई थाहै छ । तर यहाँ मुला खादाका फाइदाको होइन मुलाका पात खादा हाम्रो स्वास्थ्यलाई के फाइदा हुन्छ भनेर चर्चा गर्दछौ । अति हेला गरिने मुला सागुका अनेकौँ फाइदा छन् जुन आम मान्छेलाई थाहा नै छैन । मुला सागु भनेर अब हेला नगरौँ नियमित पकाएर वा सफा गरेर काँचै पनि सेवन गरौँ, हामीले सोच्नै नसोचेका फाइदा हाम्रो स्वास्थ्यलाई दिनेछ । झन्डै झन्डै सित्तैमा पाइने चिज हो मुला साग । मुला किन्दा पात सहितको मुला किन्ने गरौँ । मुला उत्पादक किसानले पनि खान योग्य मुलाका पात छानेर मुलासँगै बजारीकरण गर्ने गरौँ । तरकारी पसलमा गएर मुलाको साग मात्रै दिनु न मलाई भन्यो भने सित्तैमा झोलाभरि राखेर तरकारी पसलेले दिन गार्हो मान्दैन होला । हेलाको दृष्टिबाट हेरिने मुला साग अब भने खेर नफालौँ, इज्जतसाथ सेवन गरौँ । हाम्रा पुर्खाहरूले काँचै मुला साग गर्ल्यामगुर्लम चपाएको त देखेकै छौ । चाहे मकै भटमाससँग होस या तेतिक्कै पनि त्यसै खाएका रहेनछन् भन्ने कुरा अब बुझौँ र बुजाऊँ ।
मुला साग खादाका फाइदाहरू
• मुटुलाई स्वास्थ्य राख्छ
मूलाको पातमा रहेको एन्टिअक्सिडेन्ट एन्थोसायनिन्सुले हानिकारक फ्रि रेडिकलुसँग लड्दै मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । मूलाको पातमा रहेको भिटामिन सीले रक्त नलीको लचकता बढाएर रक्तसञ्चारमा सहयोग पुर्याई हाम्रो शरीरलाई स्वास्थ्य राख्छ।
• हाम्रो छालालाई स्वास्थ्य राख्छ
मूलाको पातमा भिटामिन सी कोलेजनु उत्पादनका लागि महत्त्वपूर्ण छ, जसले छालालाई लचक दार राख्न र हाम्रो छालाको स्वस्थलाई नरम र मुलायम बनाउन बढवा दिन्छ ।
• मधुमेहको उचित व्यवस्थापन गर्छ
मूलाको पातमा कार्बोहाइड्रेटुको मात्रा कम हुन्छ र फाइबरुको मात्रा धेरै हुन्छ, जसले रगतमा चिनीको वृद्धिलाई रोक्न र मधुमेहको प्रभावकारी व्यवस्थापनलाई समर्थन गर्न मद्दत गर्छ ।
• आँखालाई स्वास्थ्य राख्छ
एक कप मूलाको पातले तपाईँको दैनिक भिटामिन ए को आवश्यकताको लगभग ५२५ प्रतिशत आपूर्ति प्रदान गर्दछ, जुन राम्रो आँखाको दृष्टिको लागी अत्यन्तै महत्त्वपूर्ण छ ।
• प्रतिरक्षा प्रणालीमा वृद्धि गर्दछ
मूलाको पातमा आइरन र फस्फोरसु हुन्छ, जसले प्रतिरक्षा प्रणालीलाई सुधार गर्न मद्दत गर्दछ ।
• रक्तचाप नियन्त्रण गर्दछ
मूलाको पातमा सोडियम हुन्छ, जसले रक्तचाप कम गर्न मद्दत गर्छ ।
• वजन घटाउ धेरै मद्दत गर्दछ
मूलाका पातहरूमा क्यालोरीहरू कम र पोषक तत्त्वहरू उच्च हुन्छन्, जसले वजन घटाउन धेरै योगदान गर्दछ।
• पाचन प्रणालीलाई मजबुत र स्वास्थ्य राख्छ
मूलाको पातमा मुलामा भन्दा बढी फाइबरु हुन्छ र फाइबरु कब्जियत रोक्नको लागि धेरै नै गुणकारी मानिन्छ।
• डिटोक्सिफिकेशनु कार्यमा धेरै मदत गर्दछ
मूलाको पातले शरीरबाट विषाक्त पदार्थ र अशुद्धतालाई बाहिर निकाल्न मद्दत गर्छ । शरीरमा भएको बिषाख्त तत्त्व निकालेर हाम्रो शरीरलाई स्वास्थ्य र मजबुत राख्न सहयोग गर्दछ ।