माँ बगलामुखि साकोसको तिन बर्षे रणनितिक योजणा तर्जुमा कार्यक्रम,धार्मिक भ्रमण

ललितपुर । माँ बगलामुखि उपभोक्ता सहकारी संस्थाको यहि पौष २० गते तिन बर्षे रणनितिक योजणा तर्जुमा कार्यक्रम हुन लागेको छ । संस्थाले जेष्ठ नागरिक, महिला समुह र महिला सदस्य धार्मिक भ्रमण कार्यक्रमको तयारी वैठक एवम् स्थल निरिक्षण कार्यक्रम पौष ५ र ६ गते धार्मिक भ्रमण स्थल बुढानिलकण्ठ, टोखा चण्डेश्वरी, सपन तिर्थको निरिक्षण गरि जरसिङ्पाउस्थित हेभेन हिलस् रिसोर्टमा संचालक समिति, सलाकारहरु, लेखा समिति, सम्पूर्ण उप समिति तथा कर्मचारिहरुको उपस्थितिमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मण महर्जनले सहकारीको अध्ययन गरि तयार गरिएको सहकारीको भावी योजना, दीर्घकालीन रणनीति, र संस्थागत सुधारका विषयमा संचालक समिति, सलाहकार समिति, लेखा समिति, सम्पुर्ण उपसमिति र कर्मचारीहरूको सक्रिय सहभागितामा विस्तृत छलफल गरियो।

यस क्रममा सहकारीका सदस्यहरूको आवश्यकताबारे गहन विश्लेषण गर्दै आगामी तीन वर्षका कार्यक्रमहरूलाई स्पष्ट खाका तयार पारिएको छ । साथै माँ बगलामुखि सहकारीले पौष २० गते आयोजना गर्ने धार्मिक भ्रमण कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न सहकारी परिवारका सबै सदस्यहरूले एकताबद्ध भएर परिश्रम गर्ने र सहकारीको सामूहिक भावनालाई जीवन्त राख्ने प्रतिबद्धता जनाएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *