कांग्रेसले जित्यो २०१ स्थानीय तहको प्रमुख 

काठमाडौं । नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । 

मतगणना भइरहेका पालिकामध्ये १२० वटाको प्रमुखमा अझै पनि कांग्रेका उम्मेदवारले अग्रता लिइरहेका छन् । यस्तै, हालसम्म अन्तिम मतपरिणाम आएका पालिकामध्ये १९२ को उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् । मतगणना भइरहेकामध्ये ९८ पालिकाको उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *