सभापति लामिछानेसँग आज पनि बयान लिइँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार ३ घण्टा बयान लिइएको थियो । तर, हिजो बयान नसकिएकाले आज पनि उनको बयान लिइने भएको हो ।  बयानका क्रममा रविले अभियोग पत्रमा भनेजस्तो कुनै पनि कसुरमा संलग्न नरहेको दाबी गरेका छन् । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप छ ।

यसअघि गत आइतबार लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । बयान सकिएपछि लामिछानेको थुनछेक बहस हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *