भुराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ- पूर्वराजा शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको टिप्पणी गरेका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै पृथ्वीविचारको सान्दर्भिकता बढेको उल्लेख गरेका हुन । उनले भने, ‘अहिले देशका दाजुभाइ दिदीबहिनीहरू बराइबाट सिर्जित वादविवादको चक्र ब्युमा फसिरहेका हुन्, हामी सबैले आत्म समीक्षा गर्नुपर्ने बेलामा आएको छ । विश्वराजनीतिमा शान्ति सन्तुलनको अवस्था फेरबदल हुनु स्वाभाविक हो । तर, जस्तोसुकै उतारचढावको बेलामा पनि देशलाई एकताबद्ध राख्नुपर्छ ।’

देशलाई प्रविधिको पथमा अगाडि बढाएर सबै देशवासीलाई सुखी र सन्तुष्ट पार्नु राष्ट्रिय धर्म भएको उनको भनाइ छ । उनले भने, ‘वीरता, स्वाधीनता र गौरवमय मौलिक मान्यता बहन गरेको हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुनाभित्र छ। सोचनीय विषय छ । प्रजातन्त्र भनेको आम मानिसको जीवन पद्धति हो । स्वतन्त्रता केवल निर्वाचनको चक्रले प्रजातन्त्रको मर्म र मौलिकता दर्साउँदैन । आम नागरिकको सुरक्षा, न्याय, गाँस, बास, कपास शिक्षा र रोजगारीको सुनिश्चिततासहितको स्वतन्त्रलाई मात्रै हामी पूर्ण स्वतन्त्रता मान्न सक्दछौँ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *