थुनछेक बहस नहुँदा रवि लामिछाने फेरि हिरासतमा

काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेलाई फेरि हिरासतमा पठाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा आइतबार बयान सकिएपछि थुनछेक बहसका निम्ति जिल्ला सरकारी वकिललाई खबर गरिएको थियो । तर, सरकारी वकिलहरू ढिला गरी अदालत पुगेपछि बहस सुरु हुन नसकेको हो ।

थुनछेक बहस सुरु हुन नसकेपछि लामिछानेलाई प्रहरी हिरासतमा राख्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए । अब लामिछाने थुनछेक बहस नसकिँदासम्म हिरासतमै रहनेछन् । आइतबार बिहान उनी आफैँ अदालतमा हाजिर भएका थिए । उनीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दर्ता गरिएको छ । स्वर्णलक्ष्मी सरकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *