स्व.सुरेन्द्र बहादुर बस्नेत सम्मान वरिष्ठ अधिवक्ता कार्कीलाई

काठमाण्डौं । स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कारद्वारा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की पुरस्कृत भएका छन् । बुध्द एयर तथा सर्वोच्च अदालत बार एसोसिएसन, नेपालद्वारा स्थापित उक्त पुरस्कार शनिबार प्रदान गरिएको हो । पुरस्कारको राशि तीन लाख रपैयाँ रहेको छ । सुरेन्द्र बहादुर बस्नेत बुध्द एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा अधिवक्ताका रुपमा समेत कार्यरत थिए । उनी निर्वाचन आयोगका प्रथम आयुक्त तथा नेपाल प्रेस काउन्सिलका संस्थापक अध्यक्ष पनि हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *