साइप्रसमा पनि राष्ट्रिय मेलमिलाप दिवस मनाईयो
काठमाडौँ । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका संस्थापक नेता महामानव बिपी कोइरालालाई स्मरण गरिने विभिन्न आयामहरू मध्ये राष्ट्रिय मेलमिलापको उपलक्ष्यमा नेपाली जनसम्पर्क समिति साइप्रसले एक कार्यक्रम गरि राष्ट्रिय मेलमिलाप दिवस मनाइएको छ ।
उक्त कार्यक्रम समितिका सभापति पुष्पा मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष मिश्र सहित अन्य वक्ताहरूले हामीले बिपी लाई स्मरण गर्दै गर्दा बिपीको नीति, सिद्धान्त र म्यानायता अनुसार बिपीले देखाएको बाटोमा हिँडेका छौ की छैनौ ? नेपाली काँग्रेसका नेता देखी कार्यकर्ताले बुझ्न सक्नु पर्दछ । बिपीलाई एउटा उत्सवको रूपमा स्मरण गर्ने परम्परा जस्तै भएको छ खासमा भन्नु पर्दा बिपीको मेलमिलाप नीतिको देशमा अहिले पनि उतिकै सान्दर्भिकता छ । जति सान्दर्भिकता २०३३ सालमा बिपीले मनन गरेरै ज्यानको बाजी राखेर सर्वोच्च नेता गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायत सयौँ नेता एवम् कार्यकर्ता भारत निर्वासनबाट स्वदेश फर्केका थिए । दर्जन भन्दा बढी ज्यान मुद्दा भए पनि राजाको निरङ्कुश शासन को प्रवाह नगरी स्वदेश फर्कनु भएको थियो । प्रजातन्त्रको लडाइँमा बिपीको लामो राजनैतिक जीवनको आरोह-अवरोहको एउटा दृष्टान्त यो पनि हो ।
बिपीको मर्म अनुसारको कर्म गर्ने प्रेरणा मिलोस् राष्ट्रिय मेलमिलाप दिवसको हार्दिक शुभकामना व्यक्त गर्दै नेपाली जन सम्पर्क समिति साइप्रसले यश पटक भने अलि छुट्टै तरिकाले मनाइएको कुरा नेपाली जन सम्पर्क समितिका सभापति पुष्पा मिश्रले बत्ताउनु भएको छ । यस पटक भने काठमाडौँको गोल्फुटारमा रहेको ज्येष्ठ नागरिकहरू रहँदै बस्दै आउनु भएको रिमा सेवा समाजलाई आर्थिक सहयोग गरि बिपीलाई स्मरण गरेको जानकारी मिश्रले सत्याग्रह अनलाइनलाई दिनु भएको छ ।
कार्यसमितिका साथीहरू एवम् सल्लाहकार सीता अर्याल , उपसभापति कर्चुङ होल्मो लामा पेम्बा होल्मो लामा महामन्त्री लक्ष्मी काफ्ले, सदस्यहरू सिमाना लिम्बू, थोमस थापा, करिस्मा मगर, दीक्षा कार्की, मञ्जु गिरि लगायतले आर्थिक सहयोग गर्नुभएको कुरा पनि सभापति पुष्पा मिश्रले जानकारी गराउनु भएको छ । भविष्यमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि सभापति मिश्रले गर्नु भएको छ ।